अध्यक्ष दाहालद्वारा पुनरवलोकन निवेदन

काठमाडौंः सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गराएका छन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा तथा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरवलोकन गर्न मंगलवार अध्यक्ष दाहाल आफैँ सर्वोच्च अदालतमा पुगी पुनरवलोकन निवेदन दर्ता गराएका हुन् ।
‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ्’, अध्यक्ष प्रचण्डले भने, ‘यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ ।’
उनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय स्वागतयोग्य भएको तर गत फागुन २३ गते नेकपाको नाम सम्बन्धमा भएको फैसला भने आफूहरुलाई स्वाभाविक नलागेको उल्लेख गर्दै भने, ‘फैसला अस्वाभाविक छ, अप्राकृतिक छ र राजनीतिक प्रकृतिको निर्णय भयो भनेर हामीले असहमति जनाएका थियौँ, त्यही फैसलालाई पुनरवलोकन गर्नुप¥यो भनेर मैले निवेदन दर्ता गराएको छु । उक्त पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्नका लागि अदालतले निस्सा दिनुपर्ने हुन्छ ।
उक्त विषयमा पुनरवलोकन दिने वा नदिने भन्ने विषयमा अदालतले पेशी तोकेपछि मात्र थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार